कोरोना त्रास : २५ जना भन्दा बढी मानिस एकैस्थानमा भेला हुन नपाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोना नियन्त्रणका लागि २५ जना भन्दा बढी मानिसहरु एकै स्थानमा भेला हुन नपाइने निणर्य गरेको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्राधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठकले बुधवार यस्तो निर्णय गरेको हो।
अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न तथा मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने भनिएको छ ।
यसैगरी बैठकले धेरै मानिस जम्मा हुने सिनेमा हल, रंगशाला, हेल्थ क्लब, स्विमिङ पुल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय समेत गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा