दक्षिण कोरियामा ६० विदेशीलाई कोरोना, नेपाली सुरक्षित
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमित विदेशीको संख्या ६० नाघेको छ। कोरिया सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै संक्रमित छन्। ३८० चिनियाँलाई संक्रमण भएको छ।
द क्षिण काेरियामा रहेका सात अमेरिकीलाई संक्रमण भएकाे छ। त्यस्तै भियतनामी, मंगाेलियाली, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना संक्रमित छन्। थाइल्याण्डका दुई नागरिकलाई पनि संक्रमण भएकाे छ। यसैगरी जापानी, इण्डोनेसियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डका एक एकजना संक्रमित रहेको तथ्यांक दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको छ।
हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को संक्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
कोरियामा कोरोना संक्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने आठ हजार १६२ संक्रमित छन्।
रासस




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त