Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण कोरियामा ६० विदेशीलाई कोरोना, नेपाली सुरक्षित

दक्षिण कोरियामा ६० विदेशीलाई कोरोना, नेपाली सुरक्षित

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमित विदेशीको संख्या ६० नाघेको छ। कोरिया सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै संक्रमित छन्। ३८० चिनियाँलाई संक्रमण भएको छ।

द क्षिण काेरियामा रहेका सात अमेरिकीलाई संक्रमण भएकाे छ। त्यस्तै भियतनामी, मंगाेलियाली, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना संक्रमित छन्। थाइल्याण्डका दुई नागरिकलाई पनि संक्रमण भएकाे छ। यसैगरी जापानी, इण्डोनेसियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डका एक एकजना संक्रमित रहेको तथ्यांक दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको छ।

हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को संक्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

कोरियामा कोरोना संक्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने आठ हजार १६२ संक्रमित छन्।

रासस

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि