भारतमा १४८ जनामा कोरोना संक्रमण, महाराष्ट्रमा बढी
भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधवार बिहानसम्ममा देशभर १४८ जनामा संक्रमण भइसकेको छ। यीमध्ये २४ विदेशी नागरिक छन्।
कोरोनाकै कारण तीनजनाको मृत्यु भएको छ भने १३ जना उपचारपछि घर फर्केका छन्। कोरोना संक्रमण फैलिएपछि धेरैजसो प्रदेशका स्कुल, कलेज र कार्यालय बन्द गरिएका छन्।
कोरोना संक्रमण सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा फैलिएको छ। यहाँ ४२ जना संक्रमित छन्। महाराष्ट्र प्रदेशकै मुम्बईमा मंगलवार एकजनाको मृत्यु भएको थियो।
आन्ध्र प्रदेशमा एक, दिल्लीमा १०, हरियाणामा १६, कर्नाटकमा ११, केरलमा २७, पञ्जाबमा एक, राजस्थानमा दुई, तमिलनाडुमा एक, तेलंगानामा छ, जम्मू–कश्मीर में तीन, लद्दाखमा आठ, उत्तर प्रदेशमा १७, उत्तराखण्डमा एक, ओडिशामा एक र पश्चिम बंगालमा एकसंक्रमित भएको आजतकको समाचारमा उल्लेख छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम