‘कोरोना महामारी नियन्त्रण गर्न परीक्षण प्राथमिकतामा राख्नुस्’
हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण गर्न परीक्षणमा जोड दिनुपर्ने बताएकाे छ।
सोमबार जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका प्रमुख टेड्रोसले कोरोना रोकथामको पहिलो उपाय नै परीक्षण भएको बताएका हुन्। उनले आशंका लागेकाजतिलाई परीक्षण गरी ढुक्क हुनुपर्ने बताए। यसका लागि तयारी गर्न पनि उनले आह्वान गरे।
उनले चीनपछि युरोपमा महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न सबै राष्ट्रले परीक्षणमा जोड दिँदै अघि बढ्नुपर्ने बताए। बालबालिका, गर्भवती र बुढाबुढीमा कोरोनाको जोखिम बढी हुने भएकाले उनीहरूको उपचारमा छुट्टै ‘गाइडलाइन्स’ बनाएको पनि उनले जानकारी दिए।
कोरोना संक्रमण फैलिएका धेरै देशले हवाइ उडान बन्द गरेका छन् भने शहर, व्यापारिक केन्द्र, विद्यालय, कलेज सबै बन्द गरेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारीको संज्ञा दिइसकेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा