गर्भवतीलाई तालिमसँगै अण्डा र घिउ
हेल्थ टिभी अनलाइन\कपिलवस्तु : शिवराज नगरपालिका–१ ले गर्भवती र सुत्केरीको स्वास्थ्य सुधारका लागि घिउ र अण्डा वितरण गर्दै आएको छ। वडाले हालै मात्र ६० गर्भवतीलाई वडा कार्यालयले प्रतिमहिला एक क्यारेट अण्डा दिएको छ।
वडाले कसरी स्वस्थ बच्चा जन्माउने भन्ने विषयमा तालिमसमेत दिने गरेको छ। गर्भवतीलाई स्वस्थ राख्नका लागि अण्डा तथा तालिम प्रदान गर्न नगरले प्रतिवडा ५० हजार रुपैयाँ विनियोजन गरेको छ। वडामा रहेका सबै गर्भवतीसँग स्वास्थ्यकर्मी सम्पर्कमा रहेको वडाध्यक्ष जगत क्षत्रीले जानकारी दिए। स्वस्थ बच्चा जन्माउन पौष्टिक आहार र स्याहारसुसारमा विशेष ध्यान दिन तालिम दिएको उनले बताए।
वडाले हालै १४ सुत्केरीलाई आधा किलो घिउ, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ। गत फागुनमा १६ जना सुत्केरीलाई उक्त आहार वितरण गरिएको थियाे।
वडा कार्यालय र शिवपुर स्वास्थ्यचौकीको सहकार्यमा सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए। पछिल्लो समय घरमा सुत्केरी गराउनेको संख्या शून्य रहेको उनको भनाइ छ।
वडा कार्यालयले वडाभित्र रहेका गर्भवतीका घरमा हरियो झण्डा कार्यक्रमसमेत लागू गरेको छ। गर्भवतीको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले गर्भवतीका घरमा हरियो झण्डा फहराउने अभियान ल्याएकाे वडाले जनाएको छ।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित