चितवनमा बन्दै ७५ शय्याको आइसोलेसन वार्ड
हेल्थ टिभी अनलाइन\चितवन : यहाँ कोरोना भाइरसका शंकास्पद बिरामीलाई उपचार गर्न ७५ शय्याको आइसोलेसन वार्ड बनाइने भएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा वार्ड व्यवस्थापन गर्न लागेको जानकारी दिएको हो।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ शय्यालाई थप गरी २० पुर्याइने, दुई मेडिकल कलेजमा २०\२० श्ययाको छुट्टै कक्ष बनाइनेछ। यस्तै निजी अस्पतालमा १५ शय्या व्यवस्थापन गरिने छ। जिल्लामा आएका शंकास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ। ‘शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ’, उनले भने।
जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ। विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
पत्रकार सम्मेलनमा संक्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग सहज हुनेगरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, संघ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको छ। यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको बताइएको छ। त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाएको पनि जानकारी दिइएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित