‘कोरोना भाइरससँग भयभीत नहुनुस्, बरु सुरक्षित र सतर्क रहनुस्’
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणको विषयमा त्रासमा नबस्न र आवश्यक तयारी गर्न सुझाव दिएको छ।
संघले सोमवार विज्ञप्ति निकालेर कोरोना संक्रमण फैलिन नदिन र जोखिम न्यूनीकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो।
संघले उपचारका लागि तोकिएका अस्पतालहमा रहेका अन्य बिरामीहरूलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकमा देखिएको अवस्थालाई मध्यनजर गर्दै सरकारी तयारी पूर्वतयारी कमजोर देखिएको भन्दै संघले सरकारको ध्यानाकर्षणसमेत गरेको छ।
संघले सम्भाव्य जोखिम न्यूनीकरण तथा ल्याब टेष्टको दायरा बढाउन आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्था गर्न संघले सरकारसँग आग्रह गरेको छ। विमानस्थल र सीमा नाकामा हुने जाँचलाई प्रभावकारी र व्यवस्थित बनाएर नेपाल प्रवेश गर्ने व्यक्तिहरूको निगरानी राख्ने र थप जाँच तथा उपचारको प्रबन्ध गर्नुपर्ने संघको भनाइ छ।
अध्यक्ष डा. लोचन कार्की र महासचिव बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले सरकारलाई पर्ने आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएको छ।






विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त