कोरोनाको उपचारमा खटिने डाक्टर तथा नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोना भाइरस संक्रमितको उपचार एवं ल्याब टेस्ट लगायतका कार्यमा प्रत्यक्ष संलग्न डाक्टर तथा नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।
सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा संलग्न हुने डाक्टर तथा नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले बताए ।
यसैगरी उनले कोरोना संक्रमितको उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत र कोरोना नियन्त्रणका लागि खटिने अप्रत्यक्ष रुपमा काम गर्ने कर्मचारीलाई २५ प्रतिशत जोखिम भत्ता दिने निर्णय भएको पनि जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा