स्याङ्जामा गाउँ सेवा परिवारको निःशुल्क स्वास्थ्य शिविर
हेल्थ टिभी अनलाइन\ स्याङ्जा: स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको चण्डीभञ्ज्याङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
गाँउ सेवा परिवार विर्घा स्याङ्जाको आयोजना तथा वीपी स्मृति अस्पताल बसुन्धरा काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । एक दिने स्वास्थ्य शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, मुटु, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, मुख तथा दन्त स्वास्थ्य, आँखा, पाठेघरको मुखको क्यान्सर लगायतका सेवा प्रदान गरिएको थियो ।

उक्त शिविरमा ४२६ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएको गाउँ सेवा परिवारका अध्यक्ष एवं शिविर संयोजक डा धनबहादुर रानाले जानकारी दिए । शिविरमा १९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मी खटिएका थिए । सोहि कार्यक्रममा गाँउ सेवा परिवार विर्घाको पहलमा भारतीय दुतावासबाट प्राप्त एम्बुलेन्स विर्घा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै गाँउ सेवा परिवार विर्घाका महासचिव राजेन्द्र प्रसाद पाण्डेले गाउँमा एम्बुलेन्स आएसँगै विकट गाउँका बिरामीका लागि ठूलो राहत हुने बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा