‘नेपालमा काेराेना भाइरस परीक्षण : सबै रिपोर्ट नेगेटिभ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा गरिएको ४६७ वटै परीक्षणमा नेगेटिभ रिपोर्ट आएको जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतवारसम्म गरिएको ४६७ वटा परीक्षणमा सबै नेगेटिभ रिपोर्ट आएको जानकारी दिएको हो।
नेपालमा शुरुमै एकजनामा भाइरस संक्रमण देखिएको र उपचारपछि स्वस्थ भएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले नेपालमा गरिएको परीक्षण शतप्रतिशत सही भएको दाबी गरे। यहाँ गरिएको परीक्षण र हङकङमा पठाएको नतिजा समान आएको उनले बताए।
नेपालमा कोरोना भाइरस नदेखिएकाले भ्रामक समाचारको पछि नलाग्न प्रयोगशालाले सर्वसाधारणलाई आग्रह गरेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम