एसईई केन्द्रमा हेल्थ डेस्क राख्न स्वास्थ्यले भन्याे संघीय मामिला मन्त्रालयलाई
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) का सबै केन्द्रमा हेल्थ डेस्क राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइ स्वास्थ्य आपतकालीन केन्द्रले देशभरका १९९५ केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्न जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी सातै प्रदेश तथा ७५३ स्थानीय तहमा पत्राचार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेकाे हाे।
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालद्वारा प्रेषित पत्रमा गत फागुन ३० गते बसेकाे शिक्षामन्त्री गिरिराजमणि पाेखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बैठकले काेराेना संक्रमणा सुरक्षा व्यवस्थाका लागि एसईई अवधिभर हेल्थ डेस्क राख्ने निर्णय गरेको उल्लेख छ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित