जीपी कोइराला उपचार केन्द्रमा आइसोलेसन वार्ड
हेल्थ टिभी अनलाइन\तनहुँ : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आइसोलेसन कक्ष स्थापना गर्दैछ।
अस्पतालमा २० शय्याको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए। ‘अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ’, उनले भने, ‘केही दिनभित्रै सबै काम सकिन्छ।’
कक्षमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिँगानको नमुना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाउने निर्देशक डा. श्रेष्ठले बताए। कोरोनाको विश्वव्यापी संक्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरूप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ।
गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ। पोखराका चार अस्पतालमा ७० शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ।
मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम