जीवनरक्षा गरिदिन मिर्गौलाराेगी किशोरीकाे आग्रह
हेल्थ टिभी अनलाइन\कास्की : माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगपीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छिन्।
१९ वर्षीया सुस्मिता परियारले रकम अभावका कारण उपचार गर्न नपाएको भन्दै जीवन रक्षा गरिदिन सार्वजानिक आग्रह गरेकी हुन्।
चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन्। गत फागुन ९ गते चिकित्सकले उनका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए।
पोखरामाअहिले सातामा दुई दिन उनको डायलाइसिस गर्ने गरिएको छ। मिर्गौला प्रत्यारोपण गर्न सम्भव नहुँदा चिकित्सकले काठमाडौं जान सुझाव दिएका छन्। ‘उपचार गर्न परिवारसँग पैसा छैन। मेरो जीवनरक्षा गरिदिन विनम्र अनुरोध गर्छु।’
कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहेकी उनी मंसिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा पढाउन थालेकी थिइन्।
किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिए।
इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंकमा परियारको नाममा खोलिएको खाता १८६५५२४६६६७६९०१६ मा रूपैयाँ जम्मा गर्न सकिने राससकाे समाचारमा उल्लेख छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा