मुग्लिन हाइवे अस्पतालमा अब त्रिवि शिक्षण अस्पतालको सेवा
हेल्थ टिभी अनलाइन\काठमाडौं : त्रिवि शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ।
सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरनाफामुखी च्यारिटी अस्पतालका रूपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्नेछ। संस्थानका डीन प्रा.डा. जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार काठमाडौमा सेवा आदान प्रदान सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतासँगै अब मुग्लिन हाइवे अस्पतालमा सूचना प्रविधिमार्फत त्रिवि, शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकको नियमित सेवा तथा सुविधा उपलब्ध हुने अस्पतालका अध्यक्ष लामाले जानकारी दिए।
नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालिम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने उनले बताए। ‘पहिलो चरणमा बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी कार्याक्रम लागू गरिनेछ’, अध्यक्ष लामा भने।
दुई वर्ष समयावधि रहने सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालको विस्तारित अस्पतालको रूपमा मुग्लिन हाइवे अस्पताललाई विकसित गरिने भएकोे छ। कार्यक्रममा त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा.डा. राजेन्द्र गुरागाई, त्रिवि, टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गा र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलगायतकाे उपस्थिति थियो।
यसैगरी मुग्लिङ हाइवे अस्पताल सञ्चालक कुमार श्रेष्ठ, मुक्ति कुमार श्रेष्ठ, मणिरत्न शाक्य, विष्णु कुँवर, कल्याण गुभाजू, विनोद श्रेष्ठ, राजेन्द्र लामा, सुदीप पाठक उपस्थित थिए।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त