कोरोनाको कहर : इटलीमा एकैदिन ३६८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं: इटलीमा कोरोनाका कारण एक दिन मै ३६८ जनाको मृत्यु भएको छ। आइतबार मात्रै इटलीमा ३६८ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। यो सँगै कोरोनाका कारण इटलीमा मृत्यु हुनेको संख्या १ हजार ८ सय नौं पुगेको छ ।
हालसम्म विश्वभरी १ लाख ६६ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । कोरोनाकै कारण ६ हजार ४ सय ५४ जनाले ज्यान गुमाइसकेका छन्। यसमा सबैभन्दा बढी चीनमा मृत्यु भएको छ । चीनपछि इटलीमा मृत्युदर बढी रहेको छ । इटलीमा २४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा