सार्क राष्ट्रका लागि ‘कोरोना आपतकालिन कोष’ स्थापना गर्न मोदीद्धारा प्रस्ताव
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न कोभिड १९ सार्क इमरजेन्सी फन्ड अर्थात कोरोना आपतकालिन कोष स्थापना गर्ने प्रस्ताव राखेका छन्।
विश्वभरी फैलिरहेको कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुबीच साझा रणनीति बनाउन गरिएको भिडियो कन्फरेन्समा आइतबार मोदीले उक्त प्रस्ताव राखेका हुन्। उनले उक्त कोषमा भारतको तर्फबाट १० मिलियन अमेरिकी डलर दिने घोषणा समेत गरे । उनले कोषमा जम्मा भएको रकम कोरोनाविरुद्ध लड्न सार्कका सबै राष्ट्रले प्रयोग गर्नसक्ने बताए ।
सार्क राष्ट्रका प्रमुखहरुकोबीचमा भएको उक्त कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सबै राष्ट्रहरु मिलेर अघि बढ्नुपर्ने बताए । उनले कोरोना रोकथामका लागि नेपालमा सरकारले काम अघि बढाइरहेको पनि जानकारी दिए । कन्फरेन्समा सहभागी राष्ट्रप्रमुखहरुले कोरोना रोकथाम र नियन्त्रण गरी आफना जनता बचाउन हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित