‘१४ दिन सेल्फ क्वारेन्टाइनमै बस्ने हो, लक्षण देखिए सरकारले उपचार गर्छ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘होम क्वारेन्टाइन’ वा ‘सेल्फ क्वारेन्टाइन’मा बस्नु भनी आफूले दिएको अभिव्यक्तिलाई गलत अर्थ लाग्नेगरी प्रचार गरिएको बताएका छन्।
आइतवार राष्ट्रियसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको अनुसार नै आफूले त्यो अभिव्यक्ति दिएको बताए। ‘मैले विश्व स्वास्थ्य संगठनले तय गरेको नियम बुझेरै यस्तो भनेको हुँ’, उनले भने, ‘यो स्वास्थ्यमन्त्रीले दिएकाे मात्र अभिव्यक्ति होइन। सरकारले नै गरेको निर्णय हो।’ डब्लूएचओले पनि घरमै क्वारेन्टाइनमा बस्न नियम तोकिदिएको उनले दाबी गरे।
‘सबैलाई सरकारले क्वारेन्टाइनमा राख्न सम्भव नभएकाले सेल्फ क्वारेन्टाइनमा बस्नु भनेको हुँ’, मन्त्री ढकालले भने, ‘संक्रमित भएको पाइए उत्तरदायित्वबाट पन्छिने होइन। १४ दिन क्वारेन्टाइनमा बस्दा लक्षण देखियो भने राज्यले नै उपचार गर्ने हो।’
यसअघि चीनबाट सरकारले उद्धार गरेर ल्याएको वेलाको जस्तो स्थिति अहिले नरहेको भन्दै विभिन्न देशबाट आएका सबैको अनुगमन सम्भव नभएकाले ‘होम क्वारेन्टाइन’ र ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गरेको दाबी गरे। विदेशबाट आएर छुट्टै बस्ने विषय आफ्ना लागि मात्र नभएर परिवार र समाजका लागि हो भन्ने बुझ्न उनले आग्रह गरे। पत्रिका र अनलाइनले हालेको शीर्षक हेरेर आफूमाथि खनिएको उनको भनाइ छ।
‘सबैलाई सरकारले क्वारेन्टाइनमा राख्न सम्भव नभएकाले सेल्फ क्वारेन्टाइनमा बस्नु भनेको हुँ’, मन्त्री ढकालले भने, ‘संक्रमित भएको पाइए उत्तरदायित्वबाट पन्छिने होइन। १४ दिन क्वारेन्टाइनमा बस्दा लक्षण देखियो भने राज्यले नै उपचार गर्ने हो।’ रोकथामको पर्याप्त तयारी गरेकाे भन्दै उनले संक्रमण फैलिए उपचारका लागि पनि विशेष तयारी गरेको जानकारी दिए।
मन्त्री ढकालले भारतबाट आउने मानिसबाट संक्रमण फैलिन नदिन ४३ वटा नाकामा ‘हेल्थ डेस्क राखेको जानकारी दिए। भारतले नेपाललाई आवश्यक पर्ने कुनै पनि औषधि नरोक्ने आश्वासन दिएकाले अभाव नहुने उनको भनाइ छ।
गत साता मंगलवार युवा संघ नेपालको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब राख्न नसक्ने नागरिक ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने अभिव्यक्ति दिएका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित