प्रदेश अस्पतालमा आइसोलेसन र क्वारेन्टाइन
हेल्थ टिभी अनलाइन\सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना भाइरसको संक्रमण देखिएमा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ।
शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलसहित सरोकारवालाले गरेको निरीक्षण तथा अनुगमनका क्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्रा.डा. डम्बर खड्काले आइसोलेसन र क्वारेन्टाइन दुवै तयारी अवस्थामा रहेको जानकारी दिए।
‘कोरोनाको संक्रमण देखिएमा २५ आइसोलेसन कक्ष र १०० जना क्षमताका लागि क्वारेन्टाइन कक्षा तयार गरेका छौँ’, प्रा.डा. खड्काले भने, ‘त्यस्तो जटिल परिस्थिति आइपरे पनि सामना गर्ने क्षमता निर्माण गरेका छौँ।’
मुख्यमन्त्री शाहीले कोरोनाविरुद्ध गर्ने प्राविधिक तयारी पूर्णरूपले गर्न अस्पतालसँग आग्रह गर्दै आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिए।
सामाजिक विकासमन्त्री रावलले मन्त्रालयले कोराना संक्रमण समस्या समाधानका लागि ५० लाख रुपैयाँ छुट्याएको बताए। अस्पतालमा क्वारेन्टाइन जाँचका लागि ११ कार्डियाक मनिटर राखिसकिएको र तत्काल १५० शय्या राख्ने तयारी गरिएको छ।





आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम