दादुरा–रुबेला खोप अभियान : काभ्रेमा ३२ हजार बालबालिकालाई लगाइँदै खोप
हेल्थ टिभी अनलाइन\काभ्रे : दादुरा–रुबेला खोप अभियानअन्तर्गत यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले आइतवारधुलिखेल नगरपालिकास्थित २८ किलोमा आयोजित कार्यक्रममा अभियान आरम्भ गरे।
जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र चार गाउँपालिका तथा दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बाँकी स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना छ। यहाँ छ नगरपालिका र सात गाउँपालिका छन्। छोराछोरीलाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउन अनुरोध गर्दै अभिभावकलाई निमन्त्रणापत्र पठाएको प्रमुख झाले बताए।
‘अन्तर्राष्ट्रियरूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ, हामीले भरपूर प्रचारप्रसार र निमन्त्रणा गरिसक्यौँ’, उनले भने। उनका अनुसार जिल्लाको ९६२ खोप केन्द्रमा एक हजार ९२४ स्वस्थ्य सेवक तथा एक हजार ८७ खोप कार्यकर्ता परिचालन गरिएको छ।





आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम