बसभित्र पनि रक्तदान!
हेल्थ टिभी अनलाइन\कास्की : अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलोपटक पोखरामा भित्र्याएको हो।
शनिबारदेखि नै बसमा रगत संकलन शुरु भएको छ। रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा एक करोड रुपैयाँ लगानीमा शाखाले बस सञ्चालनमा ल्याएको सभापति डोलराज पाण्डेले जानकारी दिए।
भारतमा निर्मित ‘आइसर’ कम्पनीको बस वातानुकूलित (एसी) रहेको जनाइएको छ। दान शय्या, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्तसञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन्।
शाखाका मन्त्री धर्मराज अधिकारीले पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरखा र म्याग्दीसम्म पुगी रगत संकलन गर्ने योजनासहित बस सञ्चालनमा ल्याएको जानकारी दिए।
प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने भएकाले रगतसमेत माग बढेकाले घुम्ती बस उपयोगी हुने अपेक्षा गरिएको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त