कोरोनाबाट बच्न प्रदेश २ मा ११५ आइसोलेसन वार्ड
हेल्थ टिभी अनलाइन\धनुषा : कोरोना भाइरस संक्रमणबाट जोगाउन प्रदेश २ सरकारले विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेसन वार्ड निर्माणका लागि काम अघि बढाएको छ।
प्रदेश २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिए।
प्रदेश २ मा हालसम्म एक जनामा पनि कोरोनाको संक्रमण नदेखिएको भए पनि पूर्वसतर्कताका लागि त्यस्तो वार्ड स्थापना कार्य अगाडि बढाएको उपनिर्देशक झाले जानकारी दिए। यसैगरी कोरोनाको संक्रमण हुन नदिन सीमाक्षेत्रमा विशेष निगरानी बढाउन थालिएको छ। विभिन्न स्थानीय तहमा पनि हेल्थ डेक्स स्थापना गर्न लागेकाे स्वास्थ्य निर्देशनालयले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा