कोरोना संक्रमणबारे साझा धारणा बनाउन आज सार्कको भिडियो कन्फरेन्स
हेल्थ टिभी अनलाइन\काठमाडाैं : कोरोना भाइरस संक्रमणविरुद्ध साझा रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आइतवार साँझ भिडियो वार्ता (कन्फरेन्स) गर्ने भएका छन् । भिडियो कन्फरेन्स अपराह्रन ५:१५ बजेका लागि तय भएको छ।
भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी दिए।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले शनिवार ट्टीट गर्दै सार्क देशहरुले कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाउने बताएका छन्।
Coming together for common good!
15 March, 1700 IST
PM @narendramodi will lead India at the video conference of all SAARC member countries, to chalk out a strong common strategy to fight COVID-19 in the region. pic.twitter.com/Qa0kL9CqcI
— Raveesh Kumar (@MEAIndia) March 14, 2020
भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन्। त्यसपछि एकीकृत रणनीति बनाउने बताइएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित