ललितपुरका ५० हजार बालबालिकालाई दादुरा–रुबेला खोप
हेल्थ टिभी अनलाइन\ललितपुर : यहाँका ५० हजार भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वागमती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए।
अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ शुरु गरिएको छ । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका वञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पुर्याउन अनुरोध गरे।
वागमती गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाव दिइन्।
नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने अभियान लिइसकेको छ। मुलुकमा सन् २००४ मा शुरु भएको याे अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा