कोरोनाको कहर : स्पेनमा पनि आपतकाल
स्पेनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभर आपतकाल घोषणा गरेको छ।
भाइरसको प्रकोप बढेसँगै सरकारले शनिबारदेखि आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ।
प्रधानमन्त्री पेड्रो सान्चेसले घरमै बस्न र अनुमति लिएर मात्र महत्त्वपूर्ण यात्रामा जान नागरिकलाई आग्रह गरेका छन्।
स्पेनमा २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रवारदेखि र शनिबारसम्म २४ घण्टा अवधिमा ठूलो संख्यामा संक्रमण भएको हो। योसँगै संक्रमितको संख्या पाँच हजार ७५३ पुगेको छ।
संक्रमणका कारण स्पेनमा हालसम्म १३६ व्यक्तिको मृत्यु भइसकेको छ।





आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम