‘मिर्गौला प्रत्यारोपणमा उच्च पदस्थ र सर्वसाधारणबीच भेदभाव गर्दैनौँ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : त्रिवि शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणको सन्दर्भमा उच्च पदस्थ र सर्वसाधारणबीच भेदभाव नहुने प्रतिक्रिया दिएको छ।
शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गरी बालुवाटार पठाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री र सर्वसाधारणलाई गर्ने व्यवहार एउटै भएको बताएका हुन्।
‘सुरक्षाका कारण मात्रै प्रधानमन्त्रीको केस बढी चर्चामा आएको हो’, उनले भने, ‘उपचार र खर्चको विषयमा जुनसुकै बिरामीलाई एकैसरह व्यवहार गर्छौँ।’
सर्वसाधारणको सन्दर्भमा पनि पहिले बिरामीलाई घर पठाइसकेपछि मात्रै बिल सरकारलाई पठाउने गरेको उनले बताए। उपचार खर्च सरकारले पछि पठाउने गरेको भन्दै प्रधानमन्त्रीको सन्दर्भमा पनि त्यही हुने उनको भनाइ छ।
स्वास्थ्यमा उल्लेख्य सुधार आएकैले प्रधानमन्त्रीलाई ओलीलाई डिस्चार्ज गरेको कार्यकारी निर्देशक खड्गाले बताए। प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारमै ‘फलोअप’ हुने उनको भनाइ छ। ‘ नियमतः फलोअपका लागि एक सातामै आउनुपर्ने हो’, तर, प्रत्यारोपणमा सहभागीसमेत प्रधानमन्त्रीका निजी चिकित्सक भएकाले बालुवाटारमै फलोअप हुनेछ।’
विशेष परिस्थिति आएको खण्डमा मात्र प्रधानमन्त्री अस्पताल आउनुपर्ने खड्गाले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित