भरतपुरमा कोरोना रोकथाम समिति गठन
हेल्थ टिभी अनलाइन\चितवन : भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्वतयारी समन्वय समिति गठन गरेको छ।
महानगरमा शुक्रवार बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेणु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवर्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो।
महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो । बैठकले महानगरका सबै वडामा वडास्तरीय समन्वय समिति गठनका लागि अनुरोध गर्नुका साथै सूचनामूलक क्रियाकलाप गर्न गराउन आग्रहसमेत गरेको छ।
बैठकमा सहभागी स्वास्थ्य शाखा सहसंयोजक सूर्य तिवारीका अनुसार कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी चिकित्सकीय टाक्स फोर्स गठन गर्ने निर्णय गरिएको छ।
यस्तै महानगरपालिकाभित्र रहेका सरकारी तथा निजी अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको तिवारीले जानकारी दिए। बैठकले भरतपुर विमानस्थलमा रहेको स्वास्थ्य परीक्षण कक्षालाई निरन्तरता दिने निर्णय समेत गरेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित