Health TV Online
Health TV Online
Health TV Online

विश्वभर एक लाख ३५ हजारमा कोरोना स‌ंक्रमण, चार हजार ९८४ को मृत्यु

विश्वभर एक लाख ३५ हजारमा कोरोना स‌ंक्रमण, चार हजार ९८४ को मृत्यु

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट एक लाख ३४ हजार ९०४ जनामा संक्रमित भएका छन्। संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार ९८४ पुगेको छ।

संक्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

गत डिसेम्बरको अन्त्यमा शुरु भएको यस भाइरस स‌ंक्रमणबाट चीनमा तीन हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा स‌ंक्रमण भएको छ।
रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ।

हालसम्म १२० भन्दा बढी देशमा यस भाइरसको स‌ंक्रमण फैलिएको बताइएको छ। अमेरिकामा यस भाइरसको स‌ंक्रमणबाट ४१ को मृत्यु भएको छ। फ्रान्समा ६१ को मृत्यु भएको छ। जापानमा १९ जनाको मृत्यु भएको छ।

पछिल्लो समय संक्रमण धेरै फैलिएको इटालीमा स‍ंक्रमितको संख्या १५ हजार ११३ पुगेको छ। इटालीमा हालसम्म एक हजार १६ जनाको मृत्यु भएको छ।

इरानमा स‍ंक्रमितको संख्या १० हजार ७५ पुगेको छ। हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन्। यसैगरी स्पेनमा स‍ंक्रमितको संख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ।

 

थप समाचार