प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट आजै डिस्चार्ज गरिने भएको छ ।
प्रधानमन्त्रीलाई हालसम्म स्वास्थ्यमा कुनै जटिलता नदेखिएकाले उनलाई डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको दश दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन। दाता समीक्षा भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा