प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी
हेल्थ टिभी अनलाइन \काठमाडौं: दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्नका लागि अपरान्ह चिकित्सकहरुको मिटिङ समेत बोलाइएको थियो । हालसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै जटिलता नदेखिएकाले उनलाई डिस्चार्ज गर्न सकिने निष्कर्षमा चिकित्सकहरु पुगेको बताइएको छ ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा.दिव्या सिंह शाहले पनि दुई दिन अघि गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका सबै रिपोर्ट नर्मल भएकाले शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताएकी थिइन्।
प्रधानमन्त्री ओलीको दश दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन। दाता समीक्षा भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा