क्यानडाका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
बिहीबार ब्रिटेनबाट एक कार्यक्रममा सहभागी भएर फर्केकी सोफीलाई ज्वरो आउनेलगायत समस्या देखिएपछि उपचार गरिएको थियो।
नमुना परीक्षण गरेपछि डाक्टरले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। पत्नीलाई कोरोना भएपछि प्रधानमन्त्री ट्रूडो ले आफू १४ दिनसम्म घरमै क्वारेन्टाइनमा रहेर काम गर्ने बताएका छन्।
क्यानडामा कोरोना भाइरसका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ। हालसम्म १४२ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त