कोरोनाको डरले हुन छाड्यो रक्तदान, बिरामीलाई रगत अभाव
हेल्थ टिभी अनलाइन\चितवन : कोरोना संक्रमणको डरले रक्तदान हुन छाडेपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगत अभाव हुन थालेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि रक्तदानका कार्यक्रम नै कम भएका कारण रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले बताए। जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगन गर्न आह्वान गरेसँगै रगतको समस्या भएको उनको भनाइ छ।
जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत प्रशासनले जमघटका कार्यक्रम नगर्न भनेपछि स्थगित भएका छन्। विद्यालय, विभिन्न सामाजिक संघसंस्था लगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम वार्षिकोत्सवसँगै स्थगित भएको हो।
जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ। भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पुर्याउन नसकेको रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।
अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ। जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्छ। कार्यालयले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट र मकवानपुरलगायत जिल्लाबाट रगत संकलन गरेर ल्याउने गरेको थियो। ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको मागअनुसारको पूर्ति गर्न कठिन भएको केन्द्रले जनाएको छ।
जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा खपत हुन्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित