राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मनाइयो मिर्गौला दिवस
हेल्थ टिभी अनलाइन\काठमाडौं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रम गरेर विश्व मिर्गौला दिवस मनाएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मिर्गौलारोगलगायतका समस्याबाट बच्न नियमितरूपमा जाँच गर्ने बानी बसाल्नुपर्ने बताए। यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पछिल्लो समय मिर्गौला रोग बढ्दै गएको भन्दै स्वस्थ्य खानपान र व्यायाममा ध्यान दिनुपर्ने बताए।
प्रत्यारोपण केन्द्रका प्रमुख डा.पुकारचन्द्र श्रेष्ठले नेपालको अंगदान र अंग प्रत्यारोपण कानुन विश्वकै उदार भएको धारणा राखे। डा. श्रेष्ठले अंगदानको महत्व बुझेर सबैले मृत्युपश्चात खेर जाने अंगको दान गर्नुपर्नेमा जोड दिए। उनले लैंगिक भेदभाव कम गर्न पनि सबैले अंगदान गर्न जरुरी भएको जिकीर गरे।
कार्यक्रममा प्रा.डा. रजनी हाडाले ‘पिसाब जचाऊँ, मिर्गौला बचाऊँ’ भन्ने चेतना जनमानसमा फैलाउनुपर्ने बताइन्।
यसैगरी कार्यक्रममा बेलायतका प्रत्यारोपणविद् प्रा.डा. डेभिड टल्बटलाई सम्मान गरिएको थियो। टल्बटले नेपालले नेपालले छोटो समयमै प्रत्यारोपण क्षेत्रमा हासिल गरको प्रगतिको प्रशंसा गरे।
‘मिर्गाैला स्वास्थ्य जहाँसुकै, जोसुकैका लागि, रोकथामदेखि पहिचान र उपचारमा समान पहुँच’ नाराका साथ केन्द्रले दिवस मनाएको हो। प्रत्येक वर्ष मार्चको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाइन्छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा