स्टार अस्पतालले मनायो १४औँ वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन\ललितपुर : सानेपास्थित स्टार अस्पतालले सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
१४औँ वार्षिकोत्सवका अवसरमा बिहीवार आयोजित कार्यक्रममा अध्यक्ष किशोर महर्जनले थारै समयमा अस्पतालले निकै ठूलो फड्को मारेको भन्दै अझै सेवा विस्तार गर्दै लाने बताए । स्टार अस्पतालले विशेषज्ञ सेवाका लागि विभाग छुट्याई पूरै समय बस्ने गरी विशेषज्ञ चिकित्सक नियुक्त गरेसँगै बिरामीको चाप पनि बढेको जनाएको छ ।
उनले आगामी दिनमा अस्पतालमा आईभीएफ सेवा व्यवस्था गर्न लागेको समेत जानकारी दिए। याे सँगै अस्पतालले १४ औँ वार्षिकोत्सवकै अवसर पारेर बिरामीहरुलाई एक सातासम्म उपचारमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी चिकित्सकको सिफारिस अनुसार औषधिमा पनि १० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा