स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ ? यता हात धुनुस है!
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जाँदै हुनुहन्छ ? मुख्य प्रवेश द्धार नजिकै हात धुने ठाउँ बनाइएको छ। जहाँ अबदेखि तपाइँले हातमुख धोएर मात्र प्रवेश गर्न पाउनुहुनेछ । धारासँगै ‘मन्त्रालय प्रवेश गर्नुअघि साबुन पानीले राम्रोसँग हातमुख धुनुहोला’ लेखिएको छ ।
कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय सरसफाइ नै भएकाले यसरी मन्त्रालयमा हात धुने ठाउँ बनाइएको मन्त्रालयका कर्मचारीले बताए । कोरोनाबाट बच्न विज्ञहरुले साबुन पानीले राम्रोसँत हात धोइरहन सल्लाह दिंदै आएका छन्।
त्यसका लागि मन्त्रालयमा आउने सबैका लागि साबुन र पानीको व्यवस्था समेत गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा