‘संसदमै कोरोना संक्रमणको त्रास छ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले संसदमै कोरोना भाइरस संक्रमणको त्रास रहेको बताएकी छिन्।
बिहीवारको प्रतिनिसिभा बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूलाई कोरोना भए के गर्ने भन्ने प्रश्न गरिन्। ‘हामी यो सदनमा सुरक्षित छौँ कि छैनौँ?’, उनले भनिन्, ‘साबुन पानीले हात धुनु भनेको छ, यहाँ कहाँ धुने? संसद भवनभित्र फोहोर भएको र त्यसको सरसफाइप्रति ध्यान नदिएको भन्दै यादवले आपत्ति जनाइन्।
‘विश्वका अन्य देश जोडतोडका साथ तयारी गरिरहेछन्’, उनले भनिन्, ‘हाम्रो सरकार भाषण गरिरहेको छ। सूचना प्रवाह गरेका छौँ भनेर मख्ख परेर बसेको छ।’





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा