कोरोनाको कहर : के गर्दैछ इटली?
इटलीमा कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधिबाहेक सबै पसल बन्द गर्ने घोषणा गरिएको छ।
युरोपको सबैभन्दा कडा प्रतिबन्ध घोषणा गरिएको उक्त देशमा संक्रमितहरू र मृतकको संख्या बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए। टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने जानकारी दिए।
संक्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनको विश्वास छ। इटलीमा स्कुल, व्यायामशाला, संग्रहालय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन्।
त्यहाँ १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ८२७ जनाले ज्यान गुमाएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब ९०० जना संक्रमित सघन उपचार कक्षमा भर्ना गरिएका छन्।
उनले इरान र इटलीले अहिले बेहोरिरहेको संकटको जस्तो स्थितिको सामना छिट्टै अन्य देशहरूले पनि गर्नुपर्ने चेतावनी दिए।
बीबीसीबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण