प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षा अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाले बताए । आज प्रेस विज्ञप्ति जारी गर्दै डा खड्गाले उक्त कुराको जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीको एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षाले मिर्गौला दिएकी थिइन। समीक्षाको स्वास्थ्यमा सुधार आएकाले उनलाई आजै डिस्चार्ज गरिएको डा खड्गाले बताए । डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा