कोरोना प्रभावित देशबाट आउने यात्रुले ‘सेल्फ क्वारेन्टाइन’ सम्झौता फारम भर्नुपर्ने
यस्ता छन् सेल्फ क्वारेन्टाइनमा बस्नेले पालना गर्नुपर्ने नियमहरु:
हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित देशबाट आउने सबै यात्रुलाई सेल्फ क्वारेन्टाइन फारम भर्नुपर्ने नियम लागु गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता सागर दाहालले अबदेखि कोरोना प्रभावित देशबाट आउने सबै यात्रुले यो फारम भर्नुपर्ने बताए । उनले यसरी फारम भर्दा व्यक्तिगत सम्पूर्ण जानकारी भर्नुपर्ने भएकाले सबैको रेकर्ड राख्न सजिलो हुने जानकारी दिए । उनले भने, ‘यो फारमका कारण यदि कसैमा कोरोना पोजेटिभ देखिएमा ठेगाना सहितको सबै जानकारी हुने भएकाले छिटो उपचारमा ल्याउन सजिलो हुनेछ । हाम्रो उद्देस्य पनि त्यही हो ।’
सरकारले कोरोना प्रभावित देशबाट आउनले आफै १४ दिनसम्म क्वारेन्टाइनमा रहनुपर्ने बताएको छ । यो फारम हरेक जहाजमा उपलब्ध हुने पनि दाहालले जानकारी दिए । यात्रुले यो फारम अनिवार्य रुपमा भरेर हेल्थ डेस्कमा बुझाउनुपर्ने हुन्छ ।
यस्ता छन् सेल्फ क्वारेन्टाइनमा बस्नेले पालना गर्नुपर्ने नियमहरु:
सकेसम्म छुट्टै कोठामा बस्ने, त्योे सम्भव नभए अर्को व्यत्तिसंग एक मिटरको दुरीमा रहने गरी बस्ने ।
छुट्टै बाथरुमको प्रयोग गर्ने ।
आफनो कोठा आफै सफा गर्ने।
सार्वजनिक स्थानमा नजाने ।
आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने ।
स्वास्थ्य संस्थामा जान परे मास्कको प्रयोग गर्ने ।
नियमित साबुन पानीले हात धुने ।
नियमित शरीरको तापक्रम लिने ।
केही समस्या आएमा सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिने ।






विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त