बैतडीमा आइसोलेसन कक्ष स्थापना
हेल्थ टिभी अनलाइन\बैतडी : जिल्लामा पहिलोपटक आइसोलेसन कक्ष स्थापना भएको छ। जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो।
कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए।
अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमुना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ।
‘शंकास्पद बिरामीको खकार र सिगानको नमुना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ’, उनले भने, ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको हो।’
यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो। बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ।
भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिन अघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य नियमित रुपमा भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा