तनहुँमा २९ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप
हेल्थ टिभी अनलाइन\तनहुँ :जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ।
चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
अभियानको क्रममा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लामा दुई चरणमा अभियान सञ्चालन हुने बताइएकाे छ। पहिलो चरणमा चैत १ गतेदेखि ९ गतेसम्म ३७ वडामा र दोस्रो चरणमा चैत १० गतेदेखि १८ गतेसम्म ४८ वडामा अभियान सञ्चालन गरिनेछ।
अभियानका लागि ५३० खोप केन्द्र तोकिएका छन् भने २०४ खोपकर्ता परिचालन हुनेछन् । त्यस्तै एक हजार ६० स्वयंसेवक परिचालन गरिने कार्यालयले जनाएको छ । खोप तथा कोल्डचेन स्वास्थ्यकर्मीमार्फत् खोप केन्द्र नजिकका स्वास्थ्य संस्थामा पुर्याइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा