बेलायतकी स्वास्थ्यमन्त्री डोरिसलाई कोरोना संक्रमण
बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै डोरिसले भाइरस संक्रमणको पुष्टि भएपश्चात आवश्यक परामर्श लिएर घरभित्रै ‘क्वारेन्टाइन’मा रहेको बताएकी छिन्।
डोरिसले आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि बताएकी छिन्। ६२ वर्षीया उनले संक्रमणका कारण आफू नडराएको, तर ८४ वर्षीया आफ्नी आमाको स्वास्थ्यबारे उनले चिन्ता लागेको बताएकी छिन्।
बीबीसीले डोरिस कोरोना संक्रमित हुने पहिली बेलायती सांसद भएको बताएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा