कोरोना संक्रमण : इरानमा एकै दिन ५४ जनाको मृत्यु
इरानमा नयाँ कोरोना भाइरसको संक्रमणबाट विगत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ।
एकै दिन कोरोनाको संक्रमणबाट यति ठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको अधिकारीहरूले बताएका छन्।
पछिल्लो मृत्युसँगै इरानमा कोरोना संक्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए।
उनले कोरोना संक्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए। इरानमा अब संक्रमित व्यक्तिको संख्या आठ हजार ४२ पुगेको छ। अहिलेसम्म दुई हजार ७३१ जना निको भएर घर फर्किसकेका छन्।
कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभाव राजधानी तेहरानमा परेको छ, जहाँ दुई हजार ११४ जना संक्रमित भएका छन्। क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
इरानले अझैसम्म आधिकारिक रूपमा मानिसहरुलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन, तर अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटल बन्द गर्न आदेश दिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित