कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ। गत डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा शुरु भएको भाइरसको संक्रमणका कारण अहिलेसम्म एक लाख १३ हजारभन्दा बढी संक्रमित भएको सीएनएनले जनाएको छ।
कोभिड १९ नाम दिइएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चीनमा बढी छ। मृत्यु हुनेको संख्या बढे पनि चीनमा संक्रमण घट्दै गएको बताइएको छ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ भाइरसको उद्गमस्थल मानिएको वुहान पुगेका छन्। चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घटेसँगै उनले वुहानको भ्रमण गरेका हुन्। सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या १९ थियो।
चीनपछि इटाली र इरानमा धेरै जनाको मृत्यु भएको छ। संक्रमण बढ्दै गए पनि इटालीले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन निर्देशन दिएकाे बीबीसीको समाचारमा उल्लेख छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण