Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य केन्द्रमा एक्स रे मेसिन प्रयोगविहीन

स्वास्थ्य केन्द्रमा एक्स रे मेसिन प्रयोगविहीन

हेल्थ टिभी अनलाइन\तनहुँ : प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्स रे मेसिन प्रयोगविहीन भएको छ। स्वास्थ्य सेवा विभागले प्रदान गरेको एक्स रे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि प्रयोग मेसिन प्रयोगविहीन भएको हो।

स्वास्थ्य केन्द्रमा दैनिक ६०७० जना बिरामी उपचारको लागि आउने गरेका छन् भने त्यसमध्ये लगभग १०\१५ जना एक्सरे गर्नुपर्ने भए पनि उनीहरूलाई सेवा दिन नसकेको केन्द्रका प्रमुख डा. प्रकाश नेपालीले बताए। एक्स रे गर्नुपर्ने बिरामीलाई सिधैँ पोखरा पठाउँदै आएका छौँ’, उनले भने।

भिमाद बजार क्षेत्रमासमेत रेडियोलोजिष्ट नहुँदा सेवाग्राहीले गुणस्तर सेवा पाउन सकेका छैनन्। उक्त स्वास्थ्य केन्द्रमा स्याङ्जाको चित्रेभञ्ज्याङ, घिरिङ, ऋषिङ, पाटनलगायतका क्षेत्रबाट बिरामी उपचारको लागि आउने गरेका छन्। पछिल्लो समय बिमा गरी उपचारको लागि आउनेको संख्यामा वृद्धि भएको डा. नेपालीले बताए।

‘नेपाल सरकारबाट प्राप्त ६३ किसिमका औषधि निःशुल्क रूपमा वितरण गर्दै आएका छौँ। व्यवस्थापन समितिद्वारा निर्णय गरी बिमा नगरेका अन्य बिरामीका लागि फार्मेसीमा औषधि खरिद गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ’, उनले भने। उनका अनुसार आर्थिक वर्षमा १३ लाख रूपैयाँको औषधि खपत भएको स्वास्थ्य केन्द्रले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार