Health TV Online
Health TV Online
Health TV Online

कैलालीकाे चिसापानीमा ‘हेल्थ डेस्क’

कैलालीकाे चिसापानीमा ‘हेल्थ डेस्क’

हेल्थ टिभी अनलाइन\कैलाली : कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश सरकारले पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ।

लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सोमबारदेखि कक्ष सञ्चालनमा ल्याएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। अहिले दुई स्वास्थ्यकर्मी खटाइएको भए पनि आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने उनले बताए।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाको टोलीले टीकापुर अस्पताल र खक्रौँलानाकामा स्थापना गरिएको स्वास्थ्य सहायताकक्षको अनुगमन गरेको छ। अस्पतालमा छुट्टै १५ आइसोलेसन वार्ड स्थापना भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले कोरोनाको संक्रमण प्रदेशमा पनि देखिनसक्ने जोखिमलाई ध्यान दिँदै पहिचान, उपचार, रोकथाम र व्यवस्थापन गर्न विभिन्न ११ वटा निर्णय गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार