‘माफ गर्नुहाेस्, यहाँ मास्क छैन’
हेल्थ टिभी अनलाइन\भक्तपुर : भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ। च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण्याएका छन्।
औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्याण्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँसेकाे साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापतिले बताए। एक सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको जानकारी उनले दिए।
आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि मास्क बिक्री गर्न नपाएको बताए। ‘कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन’, उनले भने, ‘अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो।’
च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औषधिको पनि अहिले माग बढेको बताउँछन्। उत्पादक कम्पनीले चीनलगायतका देशमा महँगोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्याण्ड सेनिटाइजर अभाव भएको बताइएको छ।
काठमाडौँको बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले ‘मास्क छैन’ भन्ने सूचना टाँसेका हुन्।
यहाँको सिङ्गो बजारमा यतिखेर मास्क र ह्याण्ड सेनिटाइजर छैन। सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन। समाचार रिपोर्टिङको क्रममा जिल्लाका शहरी क्षेत्रका छ अस्पताल ४० औषधि पसलमा पुग्दा कतै पनि मास्क र ह्याण्ड सेनिटाइजर छैन। सबैबाट सकियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ।
जिल्ला अस्पतालमा मास्क र ह्याण्ड सेनिटाइजर लिन आएका भोलाछेँका रामसुन्दर श्रेष्ठले जिल्लामा कतै पनि नपाएको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित