चीनमा क्वारेन्टाइन भत्कियो, ४७ जनाको उद्धार
दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोना भाइरस संक्रमण भएकालाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको छ।
च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा करिब ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। घटना स्थानीय समयअनुसार साँझ ७ः३० बजे भएको थियो।
कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले संक्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो। उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि संक्रमितको संख्या एक लाख नाघेको छ। मृत्यु हुनेकाे संख्या तीन हजार कटेको छ।
अधिकांश संक्रमण र मृत्यु चीनको हुबे प्रान्तमा भएको तथ्याङ्कले देखाउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण