प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार, खान थाले खाना
हेल्थ टिभी अनलाइन\काठमाडौं : चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनक सुधार भइरहेको छ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरूपमा सुधार भइरहेकाले साधारण खाना दिन थालिएको बताए।
प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनुका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ। प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेको उनले जानकारी दिए।
प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ। उनको पनि स्वास्थ्यसम्बन्धी सूचक सामान्य छन्। सङ्ग्रौलाले पनि साधारण खाना खानाका साथै हिँडडुल गर्न थालिसकेको खड्गाले जानकारी दिए।
यसैबीच चीनका राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्। लिखित सन्देश पठाउँदै राष्ट्रपति सीले ओलीको स्वास्थयलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा