नेपाल औषधि उत्पादक संघले भन्यो, ६ महिनालाई पुग्ने औषधि छ
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधि अभाव नहुने प्रतिक्रिया दिएको छ।
शुक्रवार पत्रकार सम्मेलन गरी संघले औषधिको विषयमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताएको हो। संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको जानकारी दिए।
संघका महासचिव विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अधिकारीले अप्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने तर्क गरे। हारगुहार गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
‘सरकारले प्रोत्साहन गर्ने हो भने दुई वर्षमा नेपाली औषधि उद्योगलाई पूर्णरूपले आत्मनिर्भर बनाउन सकिन्छ’, उनले भने। भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगएपछि नेपाली बजारमा औषधि अभाव हुनसक्ने अनुमान गरिरहँदा संघले वस्तुस्थिति जानकारी गराएको हो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा