हिँडडुल गराउन र ठोस आहार खुवाउन थालियो
प्रेस संयोजक थापा भन्छन्, प्रधानमन्त्रीले टेलिफोन गर्नुभयो
हेल्थ टिभी अनलाइन\काठमाडौं : दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन शुक्रवार अपराह्न आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले यस्तो जानकारी दिएका हुन्।
‘प्रधानमन्त्रीलाई आजदेखि ठोस आहार दिन थालिएको छ’, उनले भने, उहाँको भाइटल र ल्याब रिपोर्ट पनि सामान्य छ।’ खड्गाले मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको जानकारी दिए।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री आफैँले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई टेलिफोन गरेर आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको दाबी गरे।
बुधबार प्रधानमन्त्रीको ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएका थिए।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा